क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा(मशाल)द्वारा बुटवलमा भब्य रुपमा बिरोध सभा सम्पन्न
नक्कली भुटानी शरणार्थी बनाई नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही र राष्ट्रघाती नागरिकता बिधेयक खारेजीको माग गर्दै मंगलवार बुटवलमा प्रदर्शन भएको हो ।
बुटवलको बिपी चोकबाट शुरु भएको बिरोध जुलुस बुटवलका बिभिन्न ठाउँको परिक्रमा गरी पुन बिपी चोकमै पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरुले भ्रष्टाचारलाई कार्वाही गर, मानव बेचबिखन गर्नेलाइ कार्वाही गर,राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, संसदीय ब्यवस्था मुर्दावाद जस्ता नाराबाजी गरेका थिए ।
बिरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिबेशन आयोजक समिति सदस्यहरु के बी. गुरुङ, भुपेन्द्र न्यौपाने, क्षेत्र बहादुर थापा क्षेत्री, राज तिमिल्सिना , नेकपा मशालका पोलिट्ब्युरो सदस्य कृष्णराज पौडेल, नेकपा मशाल रुपन्देही प्रबक्ता बाबुराम आचार्य, अखिल छैठौ केन्द्रीय सदस्य दिपक पौडेल, नागरिक अगुवा पदम कार्की लगायतले नक्कली भुटानी शरणार्थी वनाइएर नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही गर्नुका साथै सबै किसिमका भ्रष्टाचारका घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषी माथी कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।
उहाँहरुले सच्चा क्रान्तिकारीहरुबीच एकता गरेर सत्ता र ब्यवस्थाको बिरुद्धमा संर्घष गर्न ढिलाई गर्न नहुने बताउनुभएको थियो ।