चट्याङ्ग लागेर नवलपुरमा १ जनाकाे निधन

0 115

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा बुधबार चट्याङ्ग लागेर १ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान ०६स्३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने बर्ष ५७ को छविलाल सारुको चट्याङ्ग लागेर निधन भएको हो ।

विनयी त्रिवेणी १ गोग्दी स्थीत खेतमा श्रीमान छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेको हो ।

चट्याङ लागी घाईते भई घरमा ल्याईएको भन्ने खवर प्राप्त गर्नासाथ निजको घर पुग्दा निजको मृत्यु भई सकेको र श्रीपति सकुसल रहेको पाईएको प्रहरीले जनाएको छ । मंगलबार पनि पश्चिम नवलपरासीमा १ जनाको चट्याङ्ग लागेर निधन भएको थियो ।

You might also like
Loading...