बर्दियाको राजापुर स्थित कर्णाली नदीमा शव फेला

0 142

बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिका—१० लालपुरस्थित कर्णाली नदीमा शव फेला परेको छ । उक्त शवको शरीरमा निलो रंगको हाफ पाइन्ट रहेको र शव सढेगलेको अवस्थामा फेला परेको हुँदा पहिचान खुल्न नसकेको बिहीबार जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त शव कर्णाली नदीको तटीय क्षेत्रमा फेला परेकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले त्यस शवको पहिचान गर्नका लागि सर्वसाधारणमा अपिल समेत गरेको छ ।

You might also like
Loading...