सुनसरी जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न

0 199

सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको सुनसरी जिल्लाको पार्टी एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले रवीकिरणको संयोजकत्वमा ५५ सदस्यीय सुनसरी जिल्ला संगठन समिति चयन गरेको छ ।
सुनसरी जिल्लाको इटहरीमा शनिबार सम्पन्न भएको अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज क. निर्मलले अधिवेशनको उद्घाटन गर्दै प्रशिक्षण मूलक मन्तब्यसहित कार्यक्रममा सहभागीहरुको तर्फबाट उठेका प्रश्नहरुको जवाफसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा प्रस्ट पार्नुभयो । वहाँले क्रान्तिकारी पार्टीहरुका बीचमा एकता र ध्रुवीकरणलाई तीब्ररुपमा अगाडि बढाउँदै अबको क्रान्तिको कार्यभार सम्हाल्नुपर्ने जिम्मेवारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको काँधमा रहेको पनि बताउनु भयो ।
कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्प पुनरुत्थानवादी तथा पश्चगामीहरु नभएर क्रान्तिकारी शक्ति रहेको दर्शाउँदै सम्पूणर् उत्पीडित तथा श्रमजीवीहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो । वहाँले जनतालाई भ्रम दिँदै आफूलाई कम्युनिस्टको खोलभित्र छोपेर केही नवसंशोधनवादी, प्रतिक्रियावादी तथा फाँसीवादी तत्वहरुले समाजवादी मोर्चाको नाममा भ्रम सिर्जना गरिरहेकाले त्यस्ता भ्रमहरुलाई चिर्दै र क्रान्तिकारी शक्तिहरुबीचको एकता तथा आन्तरिक एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह-संयोजक नरेश, सुनसरी जिल्ला इन्चार्ज डिल्ली, एकता महाधिवेशन आयोजक समिति सदस्य तथा १ नं. प्रदेश संगठन समितिका कार्यलय सचिव अनुपम लगाएतको आतिथ्यता रहेको थियो । पासरको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको संचालन खगेन्द्रले गर्नुभएको थियो । कार्यक्रममा उल्लेख्यरुपमा उपस्थिति रहेको थियो ।

You might also like
Loading...