धनकुटा जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न

0 163

धनकुटा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको धनकुटा जिल्लाको पार्टी एकता अधिवेशन, प्रशिक्षण तथा बैठक शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले निश्चलको संयोजकत्वमा २३ सदस्यीय धनकुटा जिल्ला संगठन समिति चयन गरेको छ ।

धनकुटा जिल्लाको सदरमुकाम आइतबार सम्पन्न भएको अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले अधिवेशनको उद्घाटन गर्दै प्रशिक्षण मूलक मन्तब्यसहित कार्यक्रममा सहभागीहरुको तर्फबाट उठेका प्रश्नहरुको जवाफसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा प्रस्ट पार्नुभयो । वहाँले क्रान्तिकारी पार्टीहरुका बीचमा एकता र ध्रुवीकरणलाई तीब्ररुपमा अगाडि बढाउँदै अबको क्रान्तिको कार्यभार सम्हाल्नुपर्ने जिम्मेवारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको काँधमा रहेको पनि बताउनु भयो ।

कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्प पुनरुत्थानवादी तथा पश्चगामीहरु नभएर क्रान्तिकारी शक्ति रहेको दर्शाउँदै सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो । वहाँले जनतालाई भ्रम दिँदै आफूलाई कम्युनिस्टको खोलभित्र छोपेर केही नवसंशोधनवादी, प्रतिक्रियावादी तथा फाँसीवादी तत्वहरुले समाजवादी मोर्चाको नाममा भ्रम सिर्जना गरिरहेकाले त्यस्ता भ्रमहरुलाई चिर्दै र क्रान्तिकारी शक्तिहरुबीचको एकता तथा आन्तरिक एकतालाई सुदृढ गर्दै क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने कुरा औंल्याउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह-संयोजक नरेश र सल्लाहकार सदस्य उदय बहादुर बस्नेतले प्रशिक्षणात्क मन्तव्य राख्नु भएको थियो । मोहनको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको संचालन गोपालले गर्नुभएको थियो ।

You might also like
Loading...