निर्वाचन अपडेटः देशभरको अवस्था तनावग्रस्त, झडप,विवाद,गोली तथा ढुङ्गामुढा प्रहार हुँदै
शुक्रबार बिहानदेखि जारी कथित स्थानीय तह निर्वाचनका क्रममा देशभरका विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा अवस्था तनावग्रस्त रहेको पाइएको छ । अधिकांश ठाउँमा मतदान गर्ने क्रममा दुई पक्षबीच झडप भई केही स्थानको मतदान प्रक्रिर्या स्थगित भएको छ ।
त्यसैगरी सर्लाही,बारा,रामेछाप,हुम्ला,दोलखा,ओखलढुङ्गा,मोरङ,काभ्रे र बाजुरा लगायतका ठाउँहरुमा तनाव सृजना भएको हो । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच झडप,विवाद,गोली तथा ढुङ्गामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ ।
राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइएको कुरा आज देशभर भईरहेका गतिविधिले पुष्टि गरेको छ । यो पुरानो सडेगलेको र सर्वनाशको मुखमा पुगेको संरचनालाई जबर्जस्त रुपमा यथास्थितिमा राख्ने र नयाँको विकास तथा विकल्पको सम्भावनालाई रोक्ने वा निषेध गर्ने षड्यन्त्र भएको कुरा समेत माथि उल्लेखित घटनाहरुले प्रमाणित गर्दछ ।