समाजसेवी रावलद्वारा जंगली हात्तीबाट पिडित परिवारलाई आर्थिक सहयाेग

0 689

बर्दिया । समाजसेवी विनय रावलले बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं.१ डुम्रेनि गाँउमा मिति २०७८/१०/१७ गते दिउँसाेकाे समयमा जंगली हात्ती आई कलम बहादुर बुढाकाे घरमा आक्रमण गरी घर भत्काई दिएकाे र अन्नवाली समेत क्षती गरेको हुँदा पिडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

समाजसेवी रावलले बिहीबार पीडित परिवारलाई उहाँको घरमै गई तत्काल राहत स्वरूप रू.१५,०००/-(पन्ध्र हजार) नगद सहयाेग गर्नुभएको हो ।

साथै बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तिहरूमा जंगली जनावर हात्ती,बाघ,बँदेल र हरिणहरूले कहिले खेतिपाति विनास गरिदिने र कहिले मानविय क्षति समेत गरिरहेकाे हुँदा यसलाई नियन्त्रण राेकथामका लागि सम्बन्धित निकायकाे ध्यानाकर्षण हुन जरुरी छ । निज पीडित परिवारलाई राष्ट्रिय निकुञ्ज , मध्यवर्ती र स्थानीय निकायले राहत दिनुपर्ने थियो । सम्बन्धित निकाय जनताको समस्याप्रति गम्भीर नभएको देखिन्छ ।

बर्दियामा रोकिएन हात्ती आतंक: दिउँसै स्थानीयका घर तोडफोड र अन्नवालीको क्षती

You might also like
Loading...